दफा ३४
संगठित संस्थाले सूचना गर्नु पर्ने
(१) धितोपत्र निष्काशन गर्ने संगठित संस्थाले बोर्ड तथा शेयरवालाहरुलाई देहायका कुराहरुका सम्बन्धमा यथासम्भव छिटो जानकारी उपलब्ध गराउनु पर्नेछः– (क) आफ्नो आर्थिक स्थितिको मूल्याङ्कन गर्न आवश्यक र सहायक हुने कुरा, (ख) धितोपत्र बजारको कारोबारलाई वा धितोपत्रको मूल्यलाई असर पार्ने जानकारी । (२) धितोपत्र निष्काशन गर्ने संगठित संस्थाले उपदफा (१) मा लेखिएका कुराहरुका अतिरिक्त तोकिए बमोजिमको सूचना तथा जानकारी समेत बोर्ड तथा शेयरवालाहरुलाई उपलब्ध गराउनु पर्नेछ ।